लिटल मिस एन्जलका बालिकाद्धारा विभिन्न प्रतिभा प्रदर्शन



काठमाडौं । लिटल मिस एन्जलका ३९ सहभागी बालिकाहरुले आज सर्वनाम थिएटर कालिकास्थानको रंगमंचमा विभिन्न प्रतिभा प्रदर्शन गरेका छन् ।

लिटल मिस एन्जलका प्रतियोगीहरुले निर्त्य, चित्रकला , तेक्वान्दो , बासुरी ,भाषण ,गायन लगायतका विधामा प्रतिभा देखाएको कलश इभेन्टसका प्रबन्ध निर्देशक बर्षा महर्जनले बताए ।

यस कार्यक्रममा निर्णायकको भूमिकामा प्रसिद्ध नृत्य निर्देशक जे डि तमु, प्रोफेसनल उदघोषक सेसेमी लिम्बु र बरिष्ठ चित्रकार तथा सन्तु आर्ट ग्यालरीका अध्यक्ष सुदर्शन राज शाक्य रहेका थिए।

लिटल मिस एन्जलका सम्पूर्ण प्रतियोगीहरुले आउँदो जेष्ठ २६ गते अन्तिम प्रतिस्पर्धामा सहभागी जनाउने संस्थाका अध्यक्ष संजय महर्जनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्