एसईई परिक्षामा ४ जिपिए ल्याउने विद्यालय र विद्यार्थीलाई आर्थिक सहयोग गर्छौं : मिठाराम अधिकारी



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले एसईई परिक्षामा ४ जिपिए ल्याउने विद्यालयलाई ५ लाख र विद्यार्थीलाई १ लाख रुपैयाँ प्रोहोत्सान स्वरुप प्रदान गर्ने घोषणा गरेका छन।

बूढानीलकण्ठ नगरपालिका वडा नं ११ ,पैयाटारमा रहेको यज्ञमति मावि व्यवस्थापन समितीका अध्यक्ष अच्युत पौडेलको अध्यक्षतामा भएको अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम बोल्दै प्रमुख अधिकारीले नगरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले ४ जिपिए ल्याएमा सो प्रोहोत्सान प्रदान गर्ने बताएका हुन्।

कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थीले ४ जिपिए ल्याएमा २५ हजार प्रदान गरिने जानकारी दिदै नगरले करिव १० हजार विद्यार्थीहरुलाई दैनिक निशुल्क खाजा उपलव्ध गराउनुका साथै पूर्वाधार विकासमा पनि जोड दिएको बताएका छन।

प्रतिक्रिया दिनुहोस्