पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टबाट बुधबार मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् ।
अर्थमन्त्री टकराज गुरुङ र सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले पनि शपथ लिएका छन् ।
आजमात्रै प्रदेश प्रमुख भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८(३)बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए ।