प्रशिक्षण कार्यक्रम सम्पन्न



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुढानीलकण्ठ वडा नं. ११ कमिटीको आयोजनामा वडा कमिटीका अगुवा कार्यकर्ताहरुको लागि प्रशिक्षण कार्यक्रमको आयोजना सम्पन्न भएको छ ।

प्रशिक्षण कायक्रमको प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोलीटब्यूरो सदस्य कृष्ण राई रहेका थिए भने प्रशिक्षकको रुपमा ११ नं. वडा कमिटीका अध्यक्ष कृष्ण प्रसाद भट्टराई थिए । कृष्ण राइले पार्टीको मार्गनिर्देशक सिद्धान्त विषयमा प्रशिक्षण प्रदान गरेका थिए भने कमिटीका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले पार्टी परिचय तथा संगठन विस्तारमा पदाधिकारी र सदस्यहरुको भूमिका विषयमा सहभागीलाई प्रशिक्षण दिएका थिए ।

कमिटीका उपाध्यक्ष कमरेड प्रकाश कटुवालको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ११ नं. वडाका ७० जना भन्दा बढी अगुवा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा काठमाडौं जिल्ला कमिटीका सदस्य तथा वडा नं.११ का वडाध्यक्ष राजु अधिकारी, नगर कमिटी उपसचिव सुनिता देवी गुरुङ्ग, नगर कमिटीका सदस्यहरु तथा वडा कमिटी र टोल कमिटीका पदाधिकारीहरु र जनवर्गिय सगठनका पदाधिकारीहरु सहभागीहरु रहेका थिए ।

कार्यक्रम आयोजना गरे सगै बुढानीलकण्ठ नगरपालीका वडा नं. ११ कमिटी अधिवेशन पश्चात वैचारिक प्रशिक्षण गर्ने नगरकै पहिलो कमिटी बनेको कमिटीका अध्यक्ष कमरेड कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।

काठमाडौं जिल्ला कमिटीका सदस्य तथा वडा नं.११ का वडाध्यक्ष राजु अधिकारीले कार्यक्रमलाई सम्बोधन गदै विकाश निर्माण, योजना छनौट तथा समग्र वडावाट संचालन भएका सेवा सुविधाहरुको बारेमा आफ्नो भनाई राखेका थिए । वडा कमिटीका सचिव अँगुर पौडेलले संचालन गरेको कार्यक्रममा उप सचिव गिता मिश्रले स्वागत मन्तब्य राखेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्