अदालतको विचाराधीन मुद्दामा बोलेर गल्ती भयो, सबैकुरा विर्सेर माफ गर्दिनुस् : मह जोडी



काठमाडौं । वरिष्ठ कलाकारद्धय मदनकुष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी) ले अदातलमा विचाराधीन मुद्दामा बोलेर आफूहरुले गल्ती गरेको भन्दै माफी मागेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अहिले उठिरहेको समसामयिक विषयमा हाम्रो राय शीर्षकमा एक भिडियो पोष्ट गर्दै उनीहरुले अदालतमा विचाराधीन विषयमा बोल्नु त्रुटी भएको स्वीकार गरेका हुन् ।

यही जेठ ८ गते नागरिकता कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विषयतर्फ इंगित गर्दै मह जोडीले उक्त अभिव्यक्ती दिनु त्रुटी भएको उल्लेख गरेका हुन् ।

श्रेष्ठले भने– ‘हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौँ । त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरू बसेर छलफल गर्नु भएको रहेछ, एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो । हामी पनि के बोल्ने भनेर अकमकियौँ ।’ आचार्यले भने, अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए हुन्थ्यो’, हामीबाट त्रुटि भयो ।’

प्रतिक्रिया दिनुहोस्