नेपालको प्रतिव्यक्ति आयको वृद्धिदर निरन्तर घट्दै



काठमाडौं । नेपालको प्रतिव्यक्ति आय पछिल्ला आर्थिक वर्षहरुमा निरन्तर घट्दे गएको पाइएको छ । खासगरी कोरोना महामारी र त्यसले अर्थतन्त्रमा असर पारेयता प्रतिव्यक्ति आयमा समेत नकारात्मक प्रभाव परेको पाइएको छ ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिका गरेको आर्थिक सर्वेक्षण अनुसार अहिले नेपालको प्रतिव्यक्ति आय वार्षिक १ हजार ४३४ डलर रहेको छ ।

गत आर्थिक वर्षको तुलनामा यस वर्ष ५.७ प्रतिशले मात्र प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन बढेको हो । तर, पछिल्लो १० वर्षको तथ्यांक हेर्दा भने प्रतिव्यक्ति आय औसतः ९.१ प्रतिशतका दरले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्