
ललितपुर । ललितपुर महानगरपालिका—२ सानेपाबाट नेपाली एक हजार दरका ५ थान नक्कली नोटसहित सोही महानगरपालिका–१० बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी विट सानेपाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।