भारत र श्रीलंका फाइनलमा



भारत र श्रीलंका एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) को गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । पाँच राष्ट्रको सहभागिता रहेको राउन्ड रोविन लिगमा भारत पहिलो र श्रीलंका दोश्रो हुँदै फाइनलमा पुगेका हुन् ।

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा भारतले माल्दिभ्स तथा श्रीलंकाले बंगलादेशलाई समान ३–० को नतिजामा पराजित गरे ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा पनि भारत फाइनलमा पुग्न सफल भयो । भारतले श्रीलंकालाई ३–० ले हरायो । फाइनलमा भारतको भेट पाकिस्तानसंग हुनेछ । अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशमाथि ३–० को सहज जित दर्ता ग¥यो । फाइनल शुक्रबार हुनेछ ।

ब्वाइज/गल्र्स दुवैमा फाइनल पुग्ने चारै टोली काजाकिस्तानमा सेप्टेम्बरमा हुने एटीएफ यु–१२ टिम प्रतियोगिताका लागि छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्