राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न राष्ट्रपति भवन शीतल निवासमा भेट पुगेका हुन् ।

सो भेटमा राष्ट्रपति पौडेलले जारी संसद्को गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्