कार्यदलको बैठक सिंहदरबारमा सुरु



काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)तयार गर्न कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ ।

आज बिहान ८ बजे बस्ने भनिएको बैठक ढिला गरि अहिले सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक सुरु भएको हो ।

हिजो बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेकाले शीर्ष नेताहरूको परामर्शपछि आज पुनः बैठक बसेको हो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान राखेको छ ।

प्रतिक्रिया दिनुहोस्