बूढानीलकण्ठमा भद्रकाली रथयात्रा र विभिन्न जात्रा हुँदैं



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका यतिबेला जात्रामय बनेको छ। स्थानीय संस्कृति ,जात्रा तथा पर्वहरुलाई प्राथमिकताका साथ प्रवर्धन गरिरहेको नगरपालिकाका विभिन्न वडाहरुमा अहिले जात्राहरु चलिरहेका छन।

यसैक्रममा जेष्ठ ९ गते देखि १३ गते सम्म चल्ने श्री गणेश नौलिन भद्रकाली रथयात्राको तालिका सार्वजनिक गरिएको छ। रथयात्रा तथा जात्रा मूल आयोजक समितीले जारी गरेको जात्राको तालिका यस्तो रहेको छ।

सो जात्राको शुरुवात जेष्ठ ९ गते ९ः३० बजे लिच्छवीकालिन समयदेखी रहेको प्राचीन धरमपुर् बस्तीबाट स्थानीय गुठियारहरुको सहभागितामा शुरु हुनेछ।

सो स्थानमा प्राचिन समयदेखी बस्ति रहेको र लिच्छवीकालमा स्थापना रहेको शिलालेख पाइएको छ। सन् ५२० मा स्थापना गरिएको सो सिलालेख गुप्त लिपिमा लेखिएको छ ।

राजा बसन्त देवको समयमा राखीएको उक्त शिलालेखमा ५ कर र ३ सजायका वारेमा उल्लेख गरिएको छ भने उचाई ६६ सेमी र चौडाई २५ सेमी रहेको छ ।यसैगरी वडा नं ६ र ७ का साथै अहिले वडा नं २ , १० र १३ मा पनि विभिन्न जात्राहरु चलिरहेका छन।

प्रतिक्रिया दिनुहोस्