एटीएफ यु–१२ टेनिस : नेपाल पराजित



नेपाल एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा मंगलबार पराजित भएको छ । नेपाल ब्वाइजमा पाकिस्तान र गल्र्समा भारतसंग चुक्यो । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगिताको पहिलो दिन नेपालको ब्वाइज टिम श्रीलंकासंग ३–० तथा गल्र्स टिम बंगलादेशसंग २–० ले पछि परेको थियो ।

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइजमा पाकिस्तानले नेपाललाई ३–० ले पराजित ग¥यो । सिंगल्समा रशिद अलीले नेपालका विश्वविशेष डल्लाकोटीलाई ६–३ र ६–० तथा मुहम्मद सायनले नेपालका निश्चल ज्ञवालीलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे । डबल्समा सायन र जुनैद खान मुहम्मदको जोडीले नेपालका विश्व र साहनवाज आलमको जोडीलाई सीधा सेटमा ६–१ र ६–० ले पाखा लगाए । ब्वाइजमै भारतले माल्दिभ्स तथा श्रीलंकाले भुटानलाई समान ३–० को नतिजामा पन्छाए ।

दोहोरो जित निकाल्ने क्रममा गल्र्समा भारतले नेपालमाथि ३–० को जित दर्ता ग¥यो । सिंगल्समा श्रृष्टि किरणले नेपालकी आयुशा जिसीलाई ६–० र ६–० तथा खुशी कडियनले नेपालकी अनुश्री धोजुलाई ६–२ र ६–० को सोझो सेटमा पन्छाए । डबल्समा सरेना घलोट र श्रृष्टि किरणको जोडीले नेपालका अनुश्री धोजु र सारा पन्तको जोडीलाई ६–१ र ६–० ले पराजित गरे । अर्को खेलमा बंगलादेशले माल्दिभ्सलाई ३–० ले निराश पा¥यो ।

प्रतिक्रिया दिनुहोस्