न्युटन एसईई कप बास्केटबल शनिबारदेखि



न्युटन हाइ स्कुलको आयोजनामा प्रथम न्युटन एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा २०८० सालमा एसईई दिएका विद्यार्थीका ४८ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा न्युटनका प्रिन्सिपल रामबहादुर केसीले जानकारी गराए । ब्वाइजमा ३२ तथा गल्र्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा नगद पुरस्कारसहित पूर्ण र आंशिक छात्रवृत्तिको व्यवस्था गरिएको छ । दुवै समूहमा विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने छन् । त्यस्तै उपाधि विजेता र उप विजेताले न्युटनमा प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाउने छन् । सेमिफाइनल पुग्नेले ७०, क्वाटरफाइनल पुग्नेले ६० र सहभागी हरेक टोलीका खेलाडीले ५० प्रतिशत छात्रवृत्ति पाउने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने न्युटनका कार्यकारी निर्देशक रमेश पन्थीले बताए । उनले विद्यार्थीको सर्वाङ्गिन विकासका लागि शैक्षिक गुणस्तर प्रदान गर्दै उनीहरुमा रहेको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गर्न न्युटनले खेलकुदका साथै विभिन्न अतिरिक्त कृयाकलाप गर्दै आइरहेको बताए ।

प्रिन्सिपल केसीले भलिबलमा पनि न्युटनले प्रतिभावान खेलाडीको पहिचान गरी राम्रै लगानी गरी छात्रवृत्ति प्रदान गरिएको बताए । ‘हामीले केहि खेलाडीलाई आवसीयसहित पूर्ण छात्रवृत्ति तथा केहिलाई आंशिक छात्रवृत्ति प्रदान गरेका छौं ।’ केसीले भने– ‘जम्मा ४१ खेलाडीलाई सुविधा दिएका छौं ।’ दुईदिने प्रतियोगिताका खेलहरु बालुवाटारस्थित आयोजककै कोर्टमा खेलाइने छ ।

प्रतिक्रिया दिनुहोस्