कामिरिताले तोडे आफ्नै कीर्तिमान, ३०औँ पटक सगरमाथाको चुचुरोमा



काठमाडौं । कामिरिता शेर्पाले सगरमाथाको ३०औँ पटक सफल आरोहण गरेर आफ्नै कीर्तिमानी तोडेका छन् ।

सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार शेर्पाले बुधबार बिहान ७ बजेर ४९ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

यसअघि उनी वैशाख ३० गते २९औँ पटक सगरमाथाको चुचुरोमा पुगेका थिए । उनी सगरमाथामा सबैभन्दा बढी पटक आरोहण गर्ने आरोही हुन् ।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय कामिरिताले सफल आरोहण गरेर आफ्नै कीर्तिमानी तोडेका हुन् ।

प्रतिक्रिया दिनुहोस्