सयको नोटमा चुच्चे नक्सा राख्नेबारे भारतको असन्तुष्टि



काठमाडौं । नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री एस जयशंकरले असन्तुष्टि व्यक्त गरेका छन् ।

भारतीय मिडियाहरूका अनुसार विदेशमन्त्री जयशङ्करले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा प्रक्रिया अगाडि बढाएर धरातलीय यथार्थ परिवर्तन नहुने टिप्पणी गरेका छन् ।

इण्डियन एक्सप्रेसले जयशङ्करलाई उदृत गर्दै लेखेको छ– ‘मैले त्यो रिपोर्ट देखेँ । यसलाई मैले विस्तृत रूपमा हेरिनँ । मलाई लाग्छ हाम्रो अडान धेरै प्रष्ट छ । नेपालसँग हाम्रो सीमाबारेमा हामी स्थापित मान्यताअनुसार कुरा गरिरहेका छौँ । यसको बीचमा एकतर्फी रूपमा केही प्रक्रिया अघि बढाएका छन् । तर, उनीहरूको तर्फबाट गरिने कामले हामीबीचको धरातलको यथार्थ र हामीबीचको अवस्थालाई परिवर्तन गर्दैन ।’

गत विहीबार बसेको मन्त्रिपरिषद बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्साको तस्बिर राख्ने निर्णय गरको थियो ।

प्रतिक्रिया दिनुहोस्