नेपाली नागरिकलाई चिनियाँ भिसा निःशुल्क



काठमाडौं । चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ ।

१ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न र सेवालाई थप सहज बनाउन यस्तो निर्णय लिइएको जानकारी दिएका छन् ।

उनका अनुसार एक्सप्रेस शुल्क र सेवा शुल्क भने लिइने छ । नियमित भिसा निःशुल्क भए पनि एक्सप्रेस भिसाका लागि २ हजार ७०० नेपाली रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म लाग्ने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्