नुवाकोट च्याम्पियन



नुवाकोट आमन्त्रित ओपन हाप्किडो राष्ट्रिय च्याम्पियनसिप सम्पन्न भएको छ । नुवाकोट जिल्ला हाप्किडो संघको आयोजना तथा नेपाल हाप्किडो संघ र बागमती प्रदेश हाप्किडो संघको सहकार्यमा नुवाकोट जिल्लाको बेलकोटगढी ४ मा आयोजना भएको नुवाकोट आमन्त्रित ओपन हाप्किडो राष्ट्रिय च्याम्पियनसिपको उपाधि नुवाकोट जिल्लाले जितेको छ ।

यसैगरी प्युठान जिल्लाले दोस्रो र कास्की जिल्लाले तेस्रो उपाधि जितेको छ । च्याम्पियनसिपमा पुरुष तर्फका नुवाकोटका बिवेक गुरुङ तथा महिलामा कास्कीकी ईमा थापा मगर उत्कृष्ट खेलाडी भए ।

उदीयमान खेलाडीमा पुरुष तर्फका नुवाकोटको रमेश तामाङ र महिलामा नुवाकोटकै मन्जु गुरुङ भए । उत्कृष्ट प्रशिक्षकमा नुवाकोटको राजेन्द्र तामाङ भए ।

प्रतिक्रिया दिनुहोस्