सुदूरपश्चिम र कर्णालीलाई सफलता



सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा आइतबार सफलता पाएका छन् ।

गणेशमान सिंह फाउन्डेनअन्तर्गत गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो खेलमा सुदुरपश्चिमले कोशी प्रदेशलाई ३ रनको झिनो अन्तरले पराजित ग¥यो । दुवैले समान ३–३ खेल खेलका छन् । सुदूरपश्चिमको दोश्रो जित हो भने कोशीको लगातार तेश्रो हार हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको सुदुरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन जोडेको थियो । सुदुरपश्चिमका ‘प्लेयर अफ द म्याच’ अभिषेक पालले ४१ बलमा ६० रन जोडे । तीन खेलमा उनको दोस्रो अर्धशतक हो । दिपक बोहराले ३२ तथा गजेन्द्र बोहराले २९ रन जोडे ।

कोशीका ज्ञानेन्द्र श्रेष्ठ र कप्तान अंकित सुवेदीले समान २/२ विकेट लिए । श्रवण किस्कु र सौजन घिमिरेले समान १/१ विकेट हात पारे ।

जवाफ ब्याटिङमा कोशी निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १५१ रनमा समेटियो । कोशीका श्रवण यादवले २७ बलमा अविजित ४६ रन र दिपेश कँडेलले १० बलमा अविजित २१ रन बनाए । मिनस थापाले ३८ बलमा ३४ तथा समीर कार्कीले १४ बलमा २२ रन प्रहार गरे । सुदुरपश्चिमका नारायण जोशीले २ विकेट लिए । नरेन साउद र बसन्त खत्रीले समान १/१ विकेट रह्यो ।

दोस्रो खेलमा कर्णालीले मधेश प्रदेशमाथि ६ विकेटको जित दर्ता ग¥यो । टस जितेर ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो । लगातार अन्तरालमा विकेट गुमाएको मधेश कुनै समय ७९–८ को अवस्थामा थियो । तल्लो क्रममा ब्याटिङ गर्न आएका विशाल पटेलले मयन यादवसंग साझेदारीमा मधेशको इनिंगलाई अगाडी बढाउने प्रयास गरेका थिए । मधेशका लागि सर्वाधिक रन बनाएका मयनले ३२ बलमा ३६ रन जोडे । आक्रामक ब्याटिङ गरेका विशाल १९ बलमा ३२ रन जोड्दै अविजित रहे ।

मधेशलाई कम योगफलमा रोक्न कर्णालीका युनिष ठकुरीले केवल १३ रन खर्चिएर २ विकेट चट्काए । दिवन पुन र दिपेन्द्र रावतको नाममा समान १/१ व्याट्म्यानलाई पभेलियन फर्काए ।

कर्णालीले १५.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटायो । कर्णालीको जितमा विपिन रावलले सर्वाधिक ४१ रनको योगदान गरे । हिमांशु शाहीले अविजित ३२ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्