वीरेन्द्रतालमा हिमपहिरो : बूढीगण्डकी किनारका बासिन्दालाई सतर्क रहन आग्रह



काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रतालमा हिमपहिरो खस्दा बूढीगण्डकीमा पानीको बहाव उच्च भएको छ ।

आज बिहान मनासलु बेसक्याम्पबाट तालमा ठूलो हिउँ पहिरो झरेका कारण तालको पानी बाहिर निस्किएर बूढीगण्डकीमा झरेको बताइएको छ ।

तालमा पहिरो खसेपछि त्यहाँबाट बाढी गएर बूढीगण्डकीमा मिसिएपछि गण्डकीमा पानीको बहाव दोब्बरले बढेको बताइएको छ ।

बाढीले नदी आसपास क्षेत्रमा क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको गृह मन्त्रालयका प्रवत्ता नारायणप्रसाद भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्