सिटिजन्स बैंक खुला टेनिस आइतबारदेखि



काठमाडौं । काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष मनोहरदास मुलले जनाएका छन् । पुरुष÷महिला सिंगल्स तथा मिक्स डबल्समा खेल हुनेछ । त्यस्तै भेट्रानको पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स÷डबल्समा प्रतिस्पर्धा हुनेछ ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा समावेश ११ स्पर्धामै नगद पुरस्कारको राखिएको छ । कुल पुरस्कार राशी ५ लाख ८२ हजार ५ सय रुपैयाँ रहेको छ । बैशाख १५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्ट तथा भद्रकालीस्थित आर्मी क्लबमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्