मिनिट्रक दुर्घटना हुँदा बालकको मृत्यु



मलेखु । धादिङको नीलकण्ठ नगरपालिका—५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घटनामा परी घाइते भएका बालकको मृत्यु भएको छ ।

धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएका छ जना घाइतेको भने काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार जारी छ ।

दुर्घटनाकै कारण मृत्यु भएका बालक सन्तोष र प्रितम दुवैजना स्थानीय पतेनी आधारभूत विद्यालयका विद्यार्थी हुन् । विद्यालय बिदा भएको बेला बारीमा काम गर्न हिँडेका अभिभावकसँग खेल्न गएका बालकहरूको मृत्युले गाउँ नै शोकमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्