जगन सम्मानित



युएई । तेक्वान्दो प्रशिक्षक एबम राष्ट्रिय रेफ्री जगन अधिकारीलाई राष्ट्रिय लोक सांस्कृतिक संघले सम्मान गरेको छ ।

युएई दुबई शहरको आब्रा बरदुबईस्थित ब्लु प्यालेस होटलमा राष्ट्रिय लोक सांस्कृतिक संघद्वारा आयोजित नयाँ बर्षको शुभकामना आदान प्रदान तथा सांस्कृतिक साँझ कार्यक्रमको अवसरमा सम्मानित अधिकारीलाई कार्यक्रमका प्रमुख अथिती नेपाली समाजका संथापक उपाध्यक्ष एबंम बिगत चार दशक देखी युएईमा रहेका समाजसेवी चन्द्रप्रसाद सापकोटा र नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्यालले सम्मान–पत्र तथा दोसल्ला ओढाई सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती चन्द्र प्रसाद सापकोटाले ’’युएईमा रहेर आफ्नो कामका साथै युएई तेक्वान्दो संघको पहिलो नेपाली राष्ट्रिय रेफ्रि बन्न सफल भएर बिभिन्न देशका खेलाडी तथा अफिसियल हरुलाई खेलकुदको माध्यमबाट नेपाललाई चिनाउदै आउनु भएको कुराले हामि सबै गौरवान्वित भएका छौं । तपाईले त्यसको अलवा विभिन्न संघसंस्थाहरु सँग सहकार्य गर्दै सामाजिक कार्यहरुमा आफुले सकेको सहयोग गरि नेपाली दाजुभाई दिदीबहिनीहरु माथि देखाउनुभएको माया प्रति हाम्रो उच्च सम्मान छ । विदेशी भुमिमा पनि चाहना भए सम्भव हुन्छ भन्ने भनाइलाई तपाईले सावित गर्दै धेरै नेपाली युवाहरुको प्रेरणाको श्रोत बनेर उदाहरण पेस गर्दै उहाहरुलाई केही गर्ने हौसला प्रदान गर्नु भएको छ ।’’

त्यसैगरी कार्यक्रममा बोल्दै बिशेष अतिथी दोलखाली समाजका अध्यक्ष सुनिल राज श्रेष्ठले उहालाई सम्मान गर्न पाउदा खुशी लागेको बताउदै’’ उहाको यो लगनशिलताले आज विदेशि भुमिमा सिंगो नेपाललाई प्रतिनिधित्व गर्दै नेपालको गौरव र प्रतिष्ठालाई अन्तराष्ट्रिय जगतमा समेत उच्च पार्न अहम भुमिका निर्वाह गर्नु भएकोले तपाईँलाई धन्यबाद ब्यक्त गर्दछु ।’’

उक्त कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्याल, दोलकाली समाजका अध्यक्ष सुनिल राज श्रेष्ठ, नुवाकोट सेवा समाज युएईका अध्यक्ष नबिन कार्की लगाएत बिभिन्न बिचारधारा बोक्ने संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधी हरुको उपस्थिती रहेको थियो ।

अधिकारीले गत फेब्रुअरीमा विश्व तेक्वान्दोको आयोजना तथा यूएसए तेक्वान्दो र यूएसए ओलम्पिक कमिटीको संयोजनमा अमेरिकाको रेनो स्पार्क कन्भेन्सन सेन्टर रेनो नेभाडामा सम्पन्न भएको विश्व वरियता जी–२ २०२४ यूएस ओपन तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए तर कोरियाली खेलाडी संग पराजय भोग्नु परेको थियो ।

बिगत एक दशक देखी युएईमा रहेका अधिकारीले हाल युएईमा तेक्वान्दोको राष्ट्रिय रेफ्री तथा प्रशिक्षक रुपमा कार्य गर्दै आईरहेका छन । उनले अरबिक, कोरिएन्, फिलिपिन्स लगाएतका खेलाडिहरुलाई प्रशिक्षण गराई रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्