आइओएफटिसी नेपाल २०२४ स्थापना



काठमाडौं । अमेरिकाको पोर्टल्यान्डस्थित इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीप (आइओएफटिसी) को सहयोगी संस्थाको रुपमा आइओएफटिसी नेपाल २०२४ स्थापना भएको छ ।

पाटनको सौगलस्थिल यलमुल गार्डेनमा आयोजिक एक कार्यक्रममा आइओएफटिसी नेपाल २०२४ गठन भएको जानकारी दिइएको छ । आइओएफटिसी प्रधान कार्यालयका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले आइओएफटिसी नेपाल २०२४ टिमका पदाधिकारी तथा सदस्यलाई स्वागत गरे । आइओएफटिस नेपालको अध्यक्षमा मिनप्रसाद खनाल हुनुहुन्छ । यसैगरी उपाध्यक्षमा राजमन्दिर श्रेष्ठ, सचिवमा गिरीबहादुर सुनार, कोषाध्यक्षमा रिकेश महर्जन रहेका छन् । । सदस्यहरुमा सहदेव श्रेष्ठ, शिलकुमारी महर्जन र भवानी वजगाईँ छन् ।

ग्रान्डमास्टर महर्जनले नयाँ टिमलाई शुभकामना दिँदै आइओएफटिसी नेपालले खेल क्षेत्र तथा खेल पर्यटन प्रवद्र्धनसँगै, कलासंस्कृतिको जगेर्ना र उत्थानमा काम गर्ने भनी राखेको उद्देश्य सफल होस् भने । उनले भने, आइओएफटिसी नेपालले प्रमुख रुपमा इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीप नेपालमा आयोजना हुँदा अथवा सो प्रतियोगिता नेपालबाहिर हुँदा नेपालमा हुने छनोट प्रतियोगितामा आयोजकको भूमिका निर्वाह पनि गर्नेछ ।

आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार आइओएफटिसीको आप्mनो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत, हङकङ र अमेरिकाकै मिचिगनमा एक–एक संस्करणको आयोजना भइसकेको छ । महर्जनले आगामी अगस्टमा दक्षिण कोरियाको सोलमा १४ औँ संस्करण हने र यस प्रतियोगितामा खेल्ने राष्ट्रिय खुला फ्रेन्डसीप तेक्वान्दो प्रतियोगिताबाट छ खोलडीको चयन भइसकेको जानकारी पनि दिए । राष्ट्रिय खुला फ्रेन्डसीप तेक्वान्दो प्रतियोगिता गत शनिबार राखेपमा सम्पन्न भएको हो ।

यसैगरी आइओएफटिसी नेपालका सचिव सुनारले आइओएफटिसी नेपाल २०२४ गैर नापफा मुलक संस्था हो भने । यसैगरी आइओएफटिसी प्रधान कार्यालयको तर्फबाट ग्रान्डमास्टर महर्जनले आइओएफटिसीद्वारा उपलब्ध गराइएको खेल समाग्री आइओएफटिसी नेपाललाई हस्तान्तरण पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्