इशान्वीलाई स्वर्ण



काठमाडौं । इशान्वी महर्जनले नयाँ वर्षको उपलक्ष्यमा आयोजित टेबलटेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा स्वर्ण जितेकी छन् ।

ललितपुर जिल्ला टेबलटेनिस संघको तत्वावधानमा कान्तिपुर भ्याली पिङ पोङ क्लब (केभीपीपीसी) र ललितपुर टेबलटेनिस क्लबद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा केभीपीपीसीकी इशान्वीले आफ्नै क्लबकी इम्रिन महर्जनलाई ३–० को सोझो सेटमा पराजित गरिन् ।

पाटनको गाहबालमा भएको प्रतियोगिताको यु–१४ ब्वाइज सिंगल्सको फाइनलमा केभीपीपीसीका रिजन शाक्यले सोही क्लबका अर्नव श्रेष्ठलाई ३–१ को हराउदै पहिलो भए । यु–१० मिक्समा नेपाल एपीएम टेबलटेनिस क्लबकी ममता बोहराले स्वर्ण जितिन् । ममताले फाइनलमा रुसन शाक्यलाई ३–१ ले पाखा लगाइन् ।

विजेतालाई ललितपुर महानगरपालिका वडा १९ का अध्यक्ष राजेन्द्र महर्जन, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा १ सय १० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्