पौडी पोखरी सञ्चालनमा



काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी (आउटडोर) आइतबारदेखि सञ्चालनमा आएको छ ।

पौडी पोखरी तीन सिफ्टमा सञ्चालन हुने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख मधुसुदन बस्नेतले जनाएका छन् । बिहान १०ः०० बजेदेखि १२ः०० बजेसम्म तथा अपरान्ह १ः०० बजेदेखि ३ः०० बजेसम्म सर्वसाधारणका लागि पौडी पोखरी सञ्चालन गरिने छ । अपरान्ह ४ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म खेलाडीको प्रशिक्षण र सदस्यका लागि सञ्चालन हुनेछ ।

पौडी पोखरी सञ्चालन गर्नुअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबारै निरीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्