लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत पाएका छन् । ८६ सदस्यीय प्रदेश सभामा उनले ४८ मत पाएका हुन् ।

मुख्यमन्त्री महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन पाएका हुन् ।

शुक्रबारको लुम्बिनी प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बसेको थियो भने लोकतान्त्रिक समाजवादी पार्टीका सांसद् अनुपस्थित थिए । दुवै पार्टीसँग ३, ३ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्