पुरुष क्रिकेट : गण्डकी फाइनलमा



चितवन । गण्डकी प्रदेश प्रथम अन्तरप्रदेश खेलकुदको पुरुष क्रिकेटमा बिहीबार फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा गण्डकीले कर्णाली प्रदेशलाई ६८ रनले पराजित ग¥यो ।

चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गण्डकीले दिएको १७५ रनको लक्ष्य पछ्याएको कर्णालीले १६ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १०६ रन बनायो । कर्णालीका लागि विपिन रावलले ३८ रन बनाउदा मनिश शाहीले १७ तथा विपिनविक्रम शाहीले १३ रन जोडे । गण्डकीका लागि कमल परियारले चार विकेट लिदा विपिन खत्रीले तीन विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले १९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७४ रन बनाएको थियो । गण्डकीका लागि इश्वर क्षेत्रीले ६६ रनको अर्धशतकिय पारी खेले । त्यस्तै विपिन क्षेत्रीले ३८ रन बनाउदा सन्दीप क्षेत्रीले २८ रनको योगदान गरे । कर्णालीका लागि दिनेश अधिकारीले पाँच विकेट लिदा दिपेन्द्र रावतले पाँच विकेट लिए ।

बिहीबारै भएको अर्को खेलमा लुम्बिनी प्रदेशलाई ७६ रनले हराउँदै मधेस प्रदेशले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
मधेसले दिएको १७६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १५ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९९ रन जोड्न सक्यो । अब मधेस प्रदेशले फाइनल प्रवेशका लागि सुदूरपश्चिम प्रदेशसंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्