अन्तरप्रदेश खेलकुदमा आयोजक बागमती अगाडि



आयोजक प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश प्रथम अन्तरप्रदेश खेलकुदमा बिहीबारको खेल समाप्तिसम्म सर्वाधिक ६० स्वर्णसाथ शीर्ष स्थानमा छ ।

विभिन्न ९ खेलमा १ सय ३४ स्पर्धा समावेश प्रतियोगितामा बिहीबारसम्म १ सय २९ स्वर्णको छिनोफानो भइसकेको छ । यो नतिजासंगै बागमती समग्रमा टिम च्याम्पियन बन्ने पनि निश्चित भएको छ । पुरुष क्रिकेट तथा पुरुष/महिला फुटबल र भलिबल गरी ५ स्वर्णको टुंगोल लाग्न बाँकी छ ।

सुदूरपश्चिम प्रदेश २१ स्वर्णसाथ दोश्रो तथा कोशी प्रदेश १४ स्वर्णसाथ तेश्रो स्थानमा छन् । कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले समान ११–११ स्वर्ण जितेका छन् भने गण्डकी प्रदेशले ९ तथा मधेश प्रदेशले ३ स्वर्ण हात पारेका  छन् ।

प्रतिक्रिया दिनुहोस्