नाउपाकी अध्यक्ष रन्जिताले गरिन् सांसद चौधरीलाई निलम्बित



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले निलम्बित गरेकी छन् ।

अध्यक्ष श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी दिएकी हुन् ।

अध्यक्ष श्रेष्ठले प्रदेश सभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टीकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्