प्रशिक्षणलाई सहयोग



एन.पि.सी नेपालले संघलाई नगद रु २,१५,००० पेरिस २०२४ पाराओलम्पिक प्रशिक्षण तयारीको लागि प्रदान गरेको छ । नेस्नल पाराल्याम्पिक कमिटि नेपाल अध्यक्ष राधा घलेद्धारा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दलाई रकम रु २,१५,००० चेक मार्फत हस्तान्तरण गरियो ।

गत चिनको तायानमा मिति २०८० चैत्र २ गते देखि ४ गते सम्म सम्पन्न भएको एशियाली ओलम्पिक तथा पाराओलम्पिक छनौट प्रतियोगिताबाट पारा तेक्वान्दो पलेशा गोर्वधनले स्वर्ण पदक सहित पेरिस २०२४ पाराओलम्पिक गेम्समा क्वालिफाईड भई नेपाली खेलकुदको इतिहासमा छनोट हुन सफल तेश्रो खेलाडी भएको र नेपाली पारा खेलकुदको इतिहासमा पहिलो खेलाडी भएकोले नेस्नल पाराल्याम्पिक कमिटि नेपालले पलेशा गोवर्धनलाई पेरिस २०२४ पाराल्यम्पिकको लागि प्रशिक्षण गर्न टिम तयारी बापत दिएको एन.पि.सी नेपालका अध्यक्ष राधा घलेले जानकारी   गराए ।

गोर्वधनले गत जापानमा मिति २०७८ भदौ ८ गते देखि २० गते सम्म सम्पन्न भएको टोकियो २०२० पाराओलम्पिक गेम्समा पलेशा गोर्वधनले दुई खेल अमेरिका र सर्वियाका खेलाडीहरुलाई हराएर इतिहास कायम गर्न सफल भएको थियो । यो पाराओलम्पिक गेम्समा नेपालको पहिलो पटक दुई फाईट जित्न सफल भएको हो ।

गोवर्धनले बहराइनको मनामामा मिति २०७८ मंसिर २० गते देखि २४ गते सम्म सम्पन्न भएको २०२२ एसियन युथ पारा गेम्समा नेपालको लागि एतिहासिक स्वर्ण पदक सहित नेपाली पारा खेलकुदको इतिहासमा युथ एशियन पारा गेम्समा पहिलो एतिहासिक स्वर्ण पदक जित्न सफल भएको थियो । साथै पलेशाले चिनको हान्झाउमा मिति २०८० कार्तिक ५ गतेदेखि ११ गते सम्म सम्पन्न भएको चौथो एशियन पारा गेम्समा एतिहासिक कास्य पदक हासिल गरेको । एशियन पारा गेम्समा नेपालले नेपाली पारा खेलकुदको इतिहासमा पहिलो पदक हो ।

पलेशा गोर्वधन पेरिस २०२४ पाराओलम्पिक गेम्सको लागि प्रशिक्षण गर्नको लागिचिनको साङ्घाईबाट २०८१ बैशाख २ गते विहान ११ः०० बजे नेपाल आउने कार्यक्रम रहेको टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्