नुवाकोटमा हाप्किडोको राष्ट्रिय प्रतियोगिता



नुवाकोट आमन्त्रण ओपन हाप्किडो राष्ट्रिय च्याम्पियन ७ र ८ बैशाखमा नुवाकोटको बेलकोटगढीमा आयोजना हुने छ । प्रतियोगिता नयाँ वर्ष २०८१ को उपलक्ष्यमा आयोजना हुन लागेको नेपाल हाप्किडो संंघका मुख्य प्रशिक्षक प्रविण गुरुङले जानकारी दिए ।

प्रतियोगितामा स्पाइरिङ, हाइ फल, लङ फल र डेमोन्सट्रेसन समावेश गरिएका छन् । खुला प्रतियोगितामा ५ सयको हाराहारीमा खेलाडीको सहभागिता रहने गुरुङले जानकारी दिए ।

प्रतियोगिता बेलकोटगढी नगरपालिकास्थित अबिसरा शहिद स्मृती खेल मैदानमा हुने छ । नुवाकोट जिल्ला हाप्किडो संंघको आयोजनामा हुने सो प्रतियोगितामा बाग्मती प्रदेश हाप्किडो संघ तथा नेपाल हाप्किडो संघको सहकार्य रहने छ ।

प्रतिक्रिया दिनुहोस्