प्रतिनिधिसभा बैठक बैशाख २ गतेसम्मका लागि स्थगित



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् ।

बुधबारको बैठकमा सभामुखले शून्य समय शुरु गर्नासाथ कांग्रेस र राप्रपाका सांसदले उठेर विरोध गरेका थिए ।

यसअघि सभामुखले दलीय आधारमा सांसदहरूलाई बोल्ने समय दिएका थिए । दलीय आधारमा सांसदहरूलाई बोल्न भने अवरोध गरिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्