गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिटमा आज सुनुवाइ हुने



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध रिटको पेसीमा आज सुनुवाइ हुने भएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आजलाई पेसी तोकिएको हो ।

पाण्डेले हिजो दायर गरेको रिटमा मुख्यमन्त्रीमा अधिकारीको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै बदर गर्न माग गरेका छन् । मुख्यमन्त्री अधिकारीले तटस्थ व्यक्ति सभामुखलाई समेत जोडेर बहुमत पुगेको दाबी गर्नु असंवैधानिक भएको रिटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्