प्रहरी र प्रदर्शनकारीबीच झडप, १४ जना घाइते



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को जनप्रदर्शनमा प्रहरीसँगको झडपमा परी राप्रपाका १४ जना घाइते भएका छन् ।

४० बुँदे माग राखेर प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप हुँदा राप्रपाका १४ जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो ।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो। यस्तै प्रहरीले प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्