राप्रपाको प्रदर्शनमा प्रहरीले हान्यो पानीको फोहोरा



काठमाडौं । राप्रपाको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेको छ ।

४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो । सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । तर जुलुस अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको छ ।

पानीको फोहोरामा राप्रपाका सांसद ज्ञानेन्द्र शाही पनि परेका छन् ।

प्रहरीले बल प्रयोग गरेपछि राप्रपाको प्रदर्शन तितरबितर भएको छ । यद्यपि प्रहरी र प्रदर्शनकारीबीच ढुंगा र इँटा हानाहान भएको छ । केहीलाई प्रहरीले लाठी प्रहार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्