राप्रपाले आज काठमाडौंमा बृहत् प्रदर्शन गर्ने



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज आज काठमाडौँमा वृहत प्रदर्शन गर्ने भएको छ ।

संवैधानिक राजतन्त्रको पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । प्रदर्शनमा विभिन्न धार्मिक सङ्घ, सङ्गठनहरूको पनि सहभागिता रहने जनाइएको छ ।

प्रदर्शन आज दिउँसो भृकुटीमण्डपबाट सुरु भएर काठमाडौँका विभिन्न स्थानको परिक्रमा गरी जनसभामा परिणत हुने राप्रपाले जनाएको छ । राप्रपाले आजको प्रदर्शनमा ५० हजार बढी मानिसलाई सडकमा उतार्ने दाबी गरेको छ ।

राप्रपाले प्रदर्शन शान्तिपूर्ण हुने भन्दै सुरक्षाको उचित प्रवन्धका लागि सरकारको ध्यानाकर्षण समेत गराइसकेको छ । यस्तै, राप्रपाले निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनमा अवरोध गर्न खोजे प्रतिवाद गर्ने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्