गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त



काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई आइतबार मुख्मन्त्रीमा नियुक्त गरेका हुन् ।

अधिकारी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । अधिकारी एमाले गण्डकी प्रदेश संसदीय दलका नेता हुन् ।

अधिकारीले आइतबार बिहान एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ गरी ३१ जना सांसदको समर्थन पत्रसहित मुख्यमनत्रीको दाबी प्रदेश प्रमुखसमक्ष गरेका थिए ।

सपथ ग्रहण आजै साढे तीन बजे राखिएको प्रदेश प्रमुख कार्यलयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्