
काठमाडौं । बूढानीलकण्ठ–१२ कपनमा रहेको प्रशान्ति एकेडेमीले शैक्षिक वर्ष २०८० को अन्तिममा “प्रशान्ति फेस्ट २०८०” कार्यक्रम सम्पन्न गरेको छ ।

चैत्र २३ गते शुक्रबार विद्यालयको प्रागंणमा आयोजित एक कार्यक्रमकाबीच प्रशान्तीले आफ्ना विधार्थी, अभिभावक, आगन्तुक र शुभचिन्तकहरुको उपस्थितिमा सो कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको हो।

सोही दिन विधालयले विहान ११ वजे देखि नै प्रसान्ति फुड फेस्टिवल उत्सवको पाचौं सस्करण २०८०, साँस्कृतिक प्रस्तुति, बिज्ञान प्रदशनी समेत थप कार्यक्रमको आयोजना गरेको थियो ।

अभिभावकहरुको सहभागीता रहेको सो कार्यक्रम सफल बनाउन सक्रिय प्रोग्राम विभाग टिम र बिधालयका शिक्षक शिक्षिका अभिभावकहरु बिद्यार्थी भाइ बहिनीहरु, स्कुल कर्मचारि, संचालक र व्याबस्थापक टिमलाई प्रशान्ति एकेडेमीका प्रिन्सिपल समिर वास्तोलाले हार्दिक धन्यबाद प्रकट गरे।

विद्यालयका अध्यक्ष मुरारी भण्डारीले सुभकामना मन्तव्य दिंदै सम्पुर्ण अतिथि तथा आमन्त्रितलाई धन्यवाद ज्ञापन गरे। प्रशान्ति फेस्ट २०८० मा फुड फेस्टिवल तथा शैक्षिक प्रदर्सनी , खेलहरु , पुरस्कार वितरण, नतिजा प्रकासन र अन्य विविध कार्यक्रममा समेत समाबेस गरिएको थियो ।
