बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास चाँडै हुन्छ : प्रधानमन्त्री प्रचण्ड



गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत् आयोजनाको चाँडै शिलान्यास हुने बताएका छन् ।

शुक्रबार गोरखामा स्थानीय पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले सम्बन्धित निकायलाई छिटो काम गर्न निर्देशन दिएकाले चाँडै शिलान्यास हुने बताएका हुन् ।

गोरखा जिल्लाको विकास निर्माणमा आफूले विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार र पार्क निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट व्यवस्था गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्