लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त



रूपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् ।

शुकरबार प्रदेश प्रमुख अमिक शेरचननले संविधानको धारा १६८ (२) अनुसार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनलाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन छ ।

उनको शपथ आइतबार गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्