एल एण्ड एन एजेन्सीको निम्तोमा बलिउडबाट सांगितिक प्रस्तुतिका लागि मेलो डी नपाल आउने



काठमाडौं । आगामी नयाँ वर्षको कार्यक्रममा लाईभ सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपाल आउने भएका छन् ।  

मेलो डीलाई  एल एण्ड एन एजेन्सीले नेपाल ल्याउन लागेको हो । एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले नयाँ वर्षको अघिल्लो साझ लाईभ सांगितिक प्रस्तुतिका लागि मेलो डी नेपाल आउन लागेको पुष्टि गरे । कार्यक्रमका लागि व्यापक तयारी भैरहेको पनि उनले बताए । 

दरबार मार्ग स्थित क्लब नेक्ससमा हुने मेलो डी लाईभमा झुम्न चाहने जोकोहीले टिकट संजालमार्फत टिकट लिन सक्ने कायस्थले जानकारी समेत दिएका छन् । व्यवस्थापनमा कुनै कमी नहुने उनको दाबी छ । 

प्रतिक्रिया दिनुहोस्