कांग्रेसले उपनिर्वाचनको लागि टुङ्गयायो उम्मेदवार



काठमाडौं । नेपाली कांग्रेसले उप–निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।

बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम र बझाङमा हुने उप–निर्वाचनका लागि उम्मेदवार तय गरेको हो।

कांग्रेसले इलाम–२ मा डम्बर खड्का र बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्