सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै



काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीभित्र संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवादले शाहले विश्वासको मत पाउने सम्भावना निश्चित नभएपछि राजीनामा गर्ने वा विश्वासको मत लिने भन्ने विषयमा कांग्रेसमा छलफल भएको थियो ।

आज बिहान बसेको कांग्रेसको प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिने निर्णय गरेको कांग्रेस सुदूरपश्चिमका प्रमुख सचेतक विक्रम धामीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्