कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् ।

बुधबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन् ।

संसद् बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने छन् ।

मुख्यमन्त्री शर्माले सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अङ्क गणितको प्रहारमा प्रदेश सरकार रुमलिएको बताए। उनले सत्ता समीकरणमा भएको फेरबदलका कारण प्रदेशका नियमित काममा अवरोध भएको उनले बताए ।

उनले कर्णाली प्रदेश समृद्धिका लागि सबै पक्ष सकरात्मक भएर लाग्नुपर्नेमा जोड दिए। उनले आफूले कार्यकालभर धेरै काम गरेको उल्लेख गर्दै अझै कतिपय काम चाहेर पनि गर्न नसकेको बताए।

प्रतिक्रिया दिनुहोस्