राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन २८ चैत्रमा हुने



काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन आगामी चैत्र २८ गते हुने भएको छ ।

संघीय संसद् सचिवालयले चैत्र २८ गते अपरान्ह १ः१५ बजेदेखि बस्ने बैठकमा उपाध्यक्षको निर्वाचन हुने कार्यसूची सार्वजनिक गरेको हो ।

यसअघि यही चैत्र १५ गते तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि खालिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्