सुनको मूल्यले फेरि नयाँ रेकर्ड, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । गत सोमबार नयाँ रेकर्ड बनाएर हिजो केही घटेको सुनको मूल्य आज १८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा र तेजाबी सुन १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन १ लाख ३१ हजार २ सय रुपैयाँ र तेजाबी सुन १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेर हालसम्मकै महँगो भएको छ । हिजो तोलाको १ हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६१० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्