प्रस्तावित महालेखापरीक्षक रायाविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान



काठमाडौं । प्रस्तावित महालेखापरीक्षक तोयम रायाविरुद्ध उजुरी आह्वान भएको छ ।

सोमबार सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको हो । समितिको निर्णय अनुसार १० दिनभित्र जो कोही नेपाली नागरिकले उजुरी दिन सक्नेछन् ।

आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो । संवैधानिक परिषदले सिफारिस गरेलगत्तै उनको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्