काठमाडौं । कान्तिपुर इन्टरनेशनल कलेज र नेपाल इको प्यानलवीच आइतबार दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको छ । समझदारीपत्रमा कलेजका प्रिन्सिपल प्रा डा जीवराज पोखरेल र नेपाल इको प्यानलकातर्फबाट व्यवस्थापक जनरल म्यानेजर विक्रम गोसाईले हस्ताक्षर गरेका छन् ।
कलेजमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई इको प्यानलको कारखानामा अवलोकन भ्रमण गराउने, कार्यशाला (सिमेन्ट/कंक्रिट सम्बन्धित)/गेस्ट लेक्चरका विषयमा सहमति भएको हो । सहमति अनुसार नेपाल इको प्यानलले कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई कारखाना भ्रमणको सुविधा दिने छ । भ्रमण आवश्यकता अनुसार वा प्रत्येक शैक्षिक सेमेस्टरमा एक पटक हुनेछ । कलेजले त्यसको लागि नेपाल इको प्यानललाई प्रस्तावित भ्रमण मिति भन्दा कम्तीमा १५ दिन अगाडि सूचित गर्नेछ ।
कार्यशाला (सिमेन्ट/कंक्रिट सम्बन्धित)/गेस्ट लेक्चर सम्वन्धमा नेपाल इको प्यानल सबै सेमेस्टरमा सिमेन्ट सम्बन्धि वा अन्य विषय सम्बन्धि विषयहरूमा विभिन्न कार्यक्रमका विद्यार्थीहरूका लागि सञ्चालन गर्न सहमत हुनेछ । विशिष्ट विषयहरू र तालिका प्रत्येक सेमेस्टर अघि दुवै पक्षहरूद्वारा पारस्परिक रूपमा सहमत हुनेछन् । कार्यशाला व्यवस्थासँग सम्बन्धित सबै खर्चहरू (सहयोगकर्ता, प्रदर्शनका लागि उपकरण वा अन्य सम्बन्धित लागत) कलेजले व्यवस्था गर्नुपर्र्ने छ । दुबै पक्षहरू आवश्यक पर्दा कक्षाहरू व्याख्यानको लागि पर्याप्त ठाउँ/परिसर उपलब्ध गराउन सहमत छन् ।
एमओयू पाँच वर्षको अवधिको लागि हुने जनाइएको छ । सहमति अनुसार कलेजलाई इको प्यानलसँंग औद्योगिक भ्रमण, अतिथि व्याख्यान र सिमेन्ट सम्बन्धी अन्य कुनै पनि शैक्षिक गतिविधिहरूमा सहकार्य गर्ने विशेष अधिकार हुनेछ । यो लिखित रूपमा दुवै पक्षको आपसी सहमतिद्वारा विस्तार गर्न सकिने सहमति छ ।
नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशनको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । यसको कारखाना भक्तपुरको झौखेलमा छ भने कर्पाेरेट कार्यालय भक्तपुरकै सल्लाघारीमा रहेको छ ।