आज सुनको मूल्य स्थिर, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ३० हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।

यसअघि शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । सुनको यो मूल्य हालसम्मकै उच्च हो । दुई सातामै सुन तोलाको ५ हजार बढेको छ । चैत ४ गते तोलामा १ लाख २५ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य आइतबार स्थिर रहेको छ । प्रतितोला १ हजार ५२५ रुपैयाँमा चाँदीको कारोबार भएको छ । यसअघि चैत ८ गते चाँदी प्रतितोला १ हजार ५५५ रुपैयाँसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्