टी–२० : आरल्याण्ड ए ले दियो नेपाल ए लाई २२३ रनको लक्ष्य



काठमाडौं । पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए लाई जितका लागि २२३ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनायो । आयरल्याण्डका पिटर मुरले ३२ बलमा ४९ रन बनाए ।

नेपालका कमलसिंह ऐरीले ३ विकेट लिए । आरिफ शेख र सागर ढकालले समान १/१ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्